जोडिनुहोस
  • होमपेज
  • इजरायल–हिजबुल्लाह युद्धविरामनजिक

अन्तर्राष्ट्रिय

इजरायल–हिजबुल्लाह युद्धविरामनजिक

प्रधानमन्त्री नेतान्याहुले क्याबिनेट बैठकबाट निर्णय गराउँदै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, साउन २६, २०८३
इजरायल–हिजबुल्लाह युद्धविरामनजिक

काठमाडौं। अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार इजरायल र हिजबुल्लाहबीच छिटै नै युद्धविरामको सम्झौता हुन लागेको छ। यसै विषयमा छलफल र निर्णय गर्नका लागि मंगलबार नै इजरायली क्याबिनेट बैठकसमेत बोलाइएको छ।

टाइम्स अफ इजरायलका अनुसार करिब १ वर्षको युद्धपछि लेबनानको सशस्त्र समूह हिजबुल्लाहसँग ६० दिनको युद्धविरामको निर्णयबारे छलफलका लागि प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले मंगलबार तेलअभिभमा उच्चस्तरीय सुरक्षा क्याबिनेट बैठक बोलाएका हुन्।

इजरायली अधिकारीहरूले इजरायलले शत्रुताको अन्त्य स्विकारे पनि युद्धको अन्त्य पनि नस्विकारेको टाइम्स अफ इजरायलले जनाएको छ। ’यो कति लम्बिन्छ हामीलाई थाहा छैन। एक महिना पनि हुन सक्छ, वर्ष दिन पनि हुन सक्छ,’ इजरायली अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले लेखेको छ।

लेबनानी अधिकारीहरूले रोयटर्सलाई बताएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले चाँडै नै युद्धविरामको घोषणा गर्न सक्नेछन्। वासिंटनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यसबारे भने, ’हामी एकदमै नजिक छौँ।’ अक्टोबर ८, २०२३ यता हिजबुल्लाह र इजरायली सुरक्षा फौजबीच पनि द्वन्द्व जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका