जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

काठमाडौं। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो।

आक्रमणले सिया र सुन्नी समुदायहरूबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या अझै बढ्दै गएको छ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका