जोडिनुहोस
  • होमपेज
  • महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति

महाअभियोगबाट बचे दक्षिण कोरियाली राष्ट्रपति

दक्षिण कोरिया। दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल माथिको महाअभियोग प्रस्ताव असफल भएको छ। सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी)का विधायकहरूले मतदान बहिस्कार गरेपछि महाअभियोगबाट राष्ट्रपति बचेका हुन्।

मंगलबार टिभी सम्बोधन मार्फत सैन्य शासनको घोषणा गरेपछि देशभर उनको विरुद्धमा आक्रोश पैदा भएको थियो। उनको घोषणाविरुद्ध सडकमा ठुलो विद्रोह समेत भएको थियो।

महाअभियोग माथिको मतदानको १ घण्टा अघि टिभी सम्बोधन गर्दै उनले चाँडो नै आफ्नो पार्टीको एजेन्डा स्थापित गर्दै सत्ता आफै छाड्ने बताए। साथै आफूले गल्ती गरेको स्वीकार गर्दै माफीसमेत मागे।

महाअभियोग पारित हुने बित्तिकै विपक्षी डेमोक्र्याट पार्टीको नेता ली मी म्युङ सत्तासीन हुने र पार्टीका सबै एजेन्डा कमजोर हुने ठहरसहित अन्तिम समयमा सत्तारुढ दलका सांसद्हरु उनलाई जोगाउन तयार भएका हुन्।

डेमोक्र्याट पार्टीले सडकमा उत्रिएका लाखौँ जनाको भावनालाई सत्तारुढ सासंद्हरुले बुझ्न नसकेको भन्दै दुःख व्यक्त गर्न थालेका छन्। महाअभियोगमा मतदान हुनु अघि सो मतदानको निर्णय सुन्न हजारौँ जना सडकमा उपस्थित भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका