जोडिनुहोस
  • होमपेज
  • तीन दिनमा ४ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

तीन दिनमा ४ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार प्रतितोला चार सय रुपैयाँ, मंगलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ र बुधबार प्रतितोला दुई हजार रुपैयाँ गरी यो तीन दिनमा सुनको भाउ प्रतितोला चार हजार पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

मंगलबार प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका