जोडिनुहोस
  • होमपेज
  • सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौं। नेकपा एकीकृत समाजवादीको बिहीबारको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ।

बिहीबार अपरान्ह केन्द्रीय कार्यालयमा हुने बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्नेछन्।

सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ।

बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका