जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियाका राष्ट्रपतिको लोकतन्त्र बचाउका लागि अन्तिमसम्म लडिरहने भनाइ

दक्षिण कोरियाका राष्ट्रपतिको लोकतन्त्र बचाउका लागि अन्तिमसम्म लडिरहने भनाइ

काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लोकतन्त्र बचाउका लागि आफू अन्तिमसम्म लडिरहने बताएका छन् । उनले टेलिभिजन सम्बोधनका क्रममा गएको हप्ता देशमा सैनिक शासन लागू गर्ने ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति युनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको संसदीय तानाशाहीको विरोध गर्ने कानूनी निर्णय भएको जिकिर गरेका छन्।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरिरहनु भएको खबरमा उल्लेख छ ।

राष्ट्रपति युनले देशमा ‘मार्सल ल’ लागू गर्ने निर्णय गरेर केही घण्टा मै आफ्नो निर्णय फिर्ता लिएका थिए। तर दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ । उनीमाथि अनुसन्धान पनि भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?