जोडिनुहोस
  • होमपेज
  • नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा

नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७ बिन्दुमा

काठमाडौं। शेयर बजारको गिरावटले निरन्तरता पाएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ। बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो। यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो।

आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो। नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो। त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे। हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो।

बैंकिङ सेक्टर उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै बढ्यो। सो बैंकको मूल्य ९.७५ प्रतिशत बढ्यो। त्यस्तै पिपुल्स पावरको ८.०५, समृद्धि फाइनान्सको ६.१८, माथिल्लो मैलुङखोलाको ५.७८, साहस ऊर्जाको ५.१७, सुपर मादी हाइड्रोपावरको ५‍.१० तथा मिथिला लघुवित्तको ४.६६ प्रतिशत मूल्य बढ्यो।

रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो। कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो। कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका