जोडिनुहोस
  • होमपेज
  • संवैधानिक संकटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त

संवैधानिक संकटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त

काठमाडौं। जर्जियाको सत्तारुढ दलले शनिबार विवादास्पद निर्वाचन प्रक्रियामा इयुप्रति वफादार अति दक्षिणपन्थी व्यक्तिलाई शनिबार राष्ट्रपतिमा नियुक्त गरेको छ ।

जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विजय हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक संकट देखिएको छ । गत महिना युरोपियन युनियन (इयु) को सदस्यता वार्ता स्थगित गर्ने उसको निर्णयपछि इयुको पक्षमा व्यापक प्रदर्शनहरू भएका छन् ।

सत्तारुढ जर्जियाली ड्रिम पार्टीको नियन्त्रणमा रहेको र विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई २२४ मतका साथ पाँच वर्षे कार्यकालका लागि देशको आगामी नेतामा निर्वाचित गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जियोर्जी कलान्ड्रिश्विलीले जानकारी दिए।

विपक्षीले शनिबारको निर्वाचनलाई ‘नाजायज’ भन्दै निन्दा गर्दै वर्तमान राष्ट्रपति सालोम जुराबिश्विली देशको एक मात्र वैध नेता रहेको बताएका छन् । जर्जियाली ड्रीमसँग विवादमा रहेका पश्चिमसमर्थक जुराबिश्भिलीले पद छोड्न अस्वीकार गरेका छन् र नयाँ संसदीय निर्वाचनको माग गरिरहेका छन् ।

शनिबार बिहान प्रदर्शनकारीहरू संसद भवन बाहिर भेला हुन थालेपछि उक्त स्थानलाई प्रहरीले घेराहालेको थियो । प्रदर्शनकारीमध्ये एक ४० वर्षीया नाटिया अप्खाजाभाले आफू ‘आफ्नो देशको युरोपेली भविष्यको रक्षाका लागि’ प्रदर्शनमा आएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका