जोडिनुहोस

आर्थिक

जाडोमा बढ्यो कन्डमको खपत

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन २५, २०८३
जाडोमा बढ्यो कन्डमको खपत

काठमाडौं। जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार सो वापत १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सो कन्डम आयात गरेर ३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षभरमा ३ करोड ९२ लाख ३२ हजार ८५० वटा कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको थियो र सरकारले ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

सो वर्षभरमध्ये मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात गरिएको विभागको तथ्याङ्कमा छ । यो महिनासम्म १२ करोड ०२ लाख ८३ हजार रुपैयाँको कन्डम आयात भएको थियो । मङ्सिर महिना जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ । सरकारले यो वर्ष ७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

उक्त वर्ष मङ्सिरमा मात्रै १ करोड ८४ लाख ०७ हजार ३९० वटा कन्डम आयात भएको थियो । मङ्सिरमा कन्डम आयात गर्दा ९ करोड २८ लाख ५८ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका