जोडिनुहोस
  • होमपेज
  • कजाखस्तान विमान दुर्घटनाः ४२ यात्रुको मृत्यु, २८ जनाको जीवितै उद्धार (अपडेट)

कजाखस्तान विमान दुर्घटनाः ४२ यात्रुको मृत्यु, २८ जनाको जीवितै उद्धार (अपडेट)

काठमाडौं। कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना हुँदा ४२ जनाको मृत्यु भएको छ । अजरबैजानको राजधानी बाकुबाट रुसको चेचन्यास्थित ग्रोजनी सहर जाने क्रममा कजाखस्तानको अक्ताउ सहरमा विमान दुर्घटना भएको हो ।

स्थानीय अधिकारीका अुनसार विमानमा यात्रु ६७ र चालक दलका ५ सदस्य थिए । तीमध्ये २८ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ । विमानमा रहेका ६७ यात्रुमध्ये ३७ अजरबैजानी, ६ कजाख, तीन किर्गीज र १६ रुसी नागरिक रहेको बताइएको छ ।

गन्तव्यमा पुग्नै लाग्दा बाक्लो हुस्सु लागेपछि विमानले आफ्नो मार्ग परिर्वतन गरेको थियो । त्यसपछि विमान दुर्घटनाग्रस्त भएको र भीषण आगलागी भएको बताइएको छ । कजाखस्तानको यातायात मन्त्रालयलका अनुसार विमान दुर्घटनाको कारण पत्ता लगाउन अुनसन्धान सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका