जोडिनुहोस
  • होमपेज
  • खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले गोली चलायो

खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले गोली चलायो

काठमाडौं। गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा नेपाली सेनाले हवाइ फायर गरेको छ ।

मकवानपुर प्रहरी प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार बिहीबार बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको हो । खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको नयाँ गोरख गणबाट खटिएको सैनिक टोलीले ५ राउन्ड हवाइ फायर गरेको हो । गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जले टोलीले तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने क्रममा सेनाले हवाइ फायर गरेको हो ।

घटनास्थलबाट १ जना पक्राउ परेका छन् । उनीसँग खाग रहेको भन्ने सूचना आएको निकुञ्ज स्रोतले जनाएको छ । अप्रेशनका लागि निकुञ्जको टोली बिहान त्यसतर्फ गएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका