जोडिनुहोस
  • होमपेज
  • विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ

विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका राष्ट्र सङ्घको भनाइ

काठमाडौं। विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र सङ्घले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा अन्य ४७ करोड २० लाख बालबालिका द्वन्द्व र हिंसाका कारण विस्थापित भएका उल्लेख छ ।

अध्ययनमा संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडानजस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वको विश्लेषण गर्दै दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब द्वन्द्वको सामना गरिरहेको बताएको छ ।

गाजा र युक्रेनमा भएको द्वन्द्वमा हजारौँ बालबालिका मारिएका तथा घाइते भएकाले सन् २०२३ को तुलनामा सन् २०२४ को पहिलो नौ महिनामा बढी बालबालिकाको ज्यान भएको राष्ट्र सङ्घले पुष्टि गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

प्रतिवेदनअनुसार इजरायल र प्यालेस्टाइन बीचको द्वन्द्वका कारण गएको १५ महिनामा गाजामा कम्तिमा १७ हजार ४ सय ९२ बालबालिकाको ज्यान गएको छ । यसैबीच सन् २०२४ द्वन्द्वमा परेका बालबालिकाका लागि सबैभन्दा नराम्रो वर्ष भएको युनिसेफले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?