जोडिनुहोस
  • होमपेज
  • अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ५.१० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने निकै घट्यो

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन ५.१० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने निकै घट्यो

काठमाडौं। अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५.१० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० विन्दुमा पुगेको छ ।

आज बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने निकै घटेको छ । हिजो पाँच अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका