जोडिनुहोस
  • होमपेज
  • हराएको एक हप्तापछि मृत भेटिए किशोर–किशोरी

हराएको एक हप्तापछि मृत भेटिए किशोर–किशोरी

दैलेख। एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्।

पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका–४, मन्घरमा कक्षा १० मा अध्ययनरत मनसिंह विक र कक्षा ९ मा अध्ययनरत शर्मिला थापा एक हप्तादेखि बेपत्ता थिए।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर थापाले एक हप्तासम्म पनि विद्यालयमा नआउँदा परिवारलाई खबर गरिएको र घरमा नभएको कुरा आएपछि खोजी गरिएको बताए। उनले भने, “खोज्दै जाँदा जङ्गलमा एउटै डोरीमा बाँधिएर आत्महत्या गरेको पाइयो। प्रेमसम्बन्धमा थिए कि भन्ने आशङ्का छ।”

छात्रा शर्मिला थापाका आफन्तसमेत रहेका प्रधानाध्यापक थापाले शवको पोस्टमार्टम गर्न केटापक्षले आनाकानी गरेको बताए। उनले जातीय विभेदको कुरा ल्याएर केटापक्षले आनाकानी गरे पछि पोस्टमार्टम गर्न नसकिएको जनाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका