जोडिनुहोस
  • होमपेज
  • युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी

युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी

काठमाडौं। रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरेको छ ।

रूसले आफ्ना सैनिकहरूले कुराखोवे सहर फेरि कब्जा गरिएको दाबी गरे पनि युक्रेनले दाबीलाई अस्वीकार गरेको छ ।

कुराखोवे सामरिक दृष्टिकोणले रूस–यूक्रेन सीमामा अहम् स्थान मानिन्छ । आइतबार युक्रेलेन उक्त क्षेत्रमा जवाफी आक्रमण सुरु गरेको थियो । तत्पश्चात नै रूस र युक्रेनका सेनाबीच भीषण युद्ध जारी रहेको बीबीसीले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा एउटा तस्बिर यतिबेला चर्चामा छ । समाचार एजेन्सी रोयटर्सले उपलब्ध गराएको तस्बिरमा कुराखोवेमा एक सैनिकले रूसको झण्डा उठाएको देखिन्छ ।

तर, बीबीसीले उक्त तस्बिरको पुष्टि हुन नसकेको उल्लेख गरेको छ । युक्रेनको संगठित सेनाका प्रवक्ता भिक्टर त्रिहुबोभले सोमवार बिहानसम्म युक्रेनी सेना कुराखोवेभित्र रूसी सेनासँग युद्ध गरिरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका