जोडिनुहोस
  • होमपेज
  • सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले सशस्त्र प्रहरीका चार नायब महानिरीक्षक (डीआईजी)को पदावधि एक वर्ष थप गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू शम्भु सुवेदी, कमल गिरी, गणेश ठाडामगर र कुलबहादुर नेम्वाङको म्याद थप गर्ने निर्णय गरेको हो । आजै राति १२ बजेबाट लागू हुनेगरि सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गरेको हो ।

उनीहरू मंगलबार मध्यरातिबाट अवकाशमा जाँदै थिए । सशस्त्रको मुख्यालयले दुई साताअघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो ।

सशस्त्र प्रहरी बल नियमावलीले डीआईजी दर्जामा बढुवा भएका भएका अधिकृतको चार वर्षे कार्यकाल पूरा भएपछि एक वर्षको थप अवधि पाउने सुविधा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका