जोडिनुहोस
  • होमपेज
  • ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा दिँदै बाबुरामले भने–नेपाल र रूसको नियति फरक होला?

ओलीलाई बाघ र प्रचण्डलाई ब्वाँसोको संज्ञा दिँदै बाबुरामले भने–नेपाल र रूसको नियति फरक होला?

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाघ र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्वाँसोको संज्ञा दिएका छन्।

दुवै पार्टीको सम्पन्न केन्द्रीय कमिटी बैठकलाई तुलना गर्दै भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली अलि बढी खुला र प्रष्ट भएको विश्लेषण गरेका छन्। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी गरेका छन्।

उनले नेपालको जटिल भूराजनीतिक सन्दर्भ केलाउँदै नेपाल र रूसको नियति फरक होला? भन्दै प्रश्न समेत गरेका छन्।

‘ओली र प्रचण्डका कम्युनिष्ट पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रूसी पार्टीको झल्को आयो– बाहिरी रूप समाजवादी भित्री सार नोकरशाही पुँजीवादी।’ नेसपाका अध्यक्षसमेत रहेका भट्टराईले भनेका छन्, ‘बरु ओली अलि बढी खुला र प्रष्ट। प्रचण्ड सदा झैँ कुटिल र छद्म। खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजीको प्रयोगमा। बाघ भर्सेज ब्वाँसो? नेपाल र रूसको नियति फरक होला?’

एमाले र माओवादी बैठक केन्द्रीय कमिटी बैठक आइतबार सुरु भएर मङ्गलबार सकिएको थियो। एमालेले आइतबार नै राजनीतिक र साङ्गठनिक प्रतिवेदन सार्वजनिक गरेको थियो भने माओवादी केन्द्रले भने अध्यक्ष प्रचण्डले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन पारित भए पनि अहिलेसम्म सार्वजनिक भएको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका