जोडिनुहोस
  • होमपेज
  • रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आउन सक्छ आदेश

काठमाडौं। पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।

बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ।

जिल्ला अदालत कास्कीका अनुसार सबै बहस सकिएकाले आजै साँझसम्म पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका