जोडिनुहोस
  • होमपेज
  • आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

आगो, हिटर र गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयका अनुसार, कोठामा आगो, हिटर वा गिजर प्रयोग गर्दा हावा राम्रोसँग प्रवाह नभए कार्बन मनोअक्साइड जम्मा भएर स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने र ज्यानसमेत जान सक्छ ।

मन्त्रालयले ताप्ने क्रममा टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिए तत्काल झ्यालढोका खोल्न र खुला स्थानमा बस्न सुझाएको छ ।

May be an image of textसकेसम्म कोइलाको आगो नताप्न तथा आगो वा हिटर ताप्दा कागज, कपडाजस्ता सजिलै बल्ने वस्तु नजिक नराख्न, सुत्नुअघि हिटर बन्द गर्न, गिजर मेसिन बाथरुम बाहिर राख्न मन्त्रालयको आग्रह छ ।

यी उपकरणको प्रयोगबाट केही स्वास्थ्य जटिलता निम्तिए तत्काल अस्पताल जान वा मन्त्रालयको हेल्लो स्वास्थ्य कल सेन्टर १११५ मा सम्पर्क गर्न मन्त्रालयले अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका