जोडिनुहोस
  • होमपेज
  • अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५ गते मोरङको ग्रामथान गाउँपालिका जाने भएका छन् ।

मंसिर १६ गते भएको उपनिर्वाचनका विजेतालाई बधाई दिन तथा जागरण सभाका लागि प्रचण्ड ग्रामथान आउन लागेको सांसद अमनलाल मोदीको भनाइ छ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् माझी विजयी भएपछि प्रचण्डले फोन गरेर ०८४ मा ०६४ फर्कने भन्दै आफू त्यही आएर शुभकामना दिने बताएका थिए ।

पछिल्लो समय प्रचण्ड जागरण सभाको नाममा विभिन्न जिल्ला दौडमा निस्किरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका