जोडिनुहोस
  • होमपेज
  • देशका केही भू–भागमा आज वर्षाको सम्भावना

देशका केही भू–भागमा आज वर्षाको सम्भावना

काठमाडौं। देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागको भनाइ छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका