जोडिनुहोस
  • होमपेज
  • यस्तो हुनेछ इजरायल र हमासबीचको सम्झौता

अन्तर्राष्ट्रिय

यस्तो हुनेछ इजरायल र हमासबीचको सम्झौता

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बुधबार, भदौ ३, २०८३
यस्तो हुनेछ इजरायल र हमासबीचको सम्झौता

काठमाडौं। इजरायल र हमास युद्धविरामको सम्झौता नजिक पुगेका छन् । मध्यस्थकर्ता राखेर हमास र इजरायल कतारको दोहामा वार्ता गर्दै छन् ।

एपीन्यूजले हमास र इजरायलबीच छलफल भइरहेको सम्झौताको ड्राफ्ट नै सार्वजनिक गरेको छ । एपीका अनुसार, युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ । त्यसपछि क्रमशः अरू दुई चरणको युद्धविराम हुनेछ ।

७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।

आठ जना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्येबाट ३७ जना बन्धकको मृत फेला परिसकेका छन् । त्यसैगरी, इजरायली सेनाको आक्रमणमा परेर तीन बन्धकको मृत्यु भएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना छन् ।

इजरायली सरकारका अनुसार, यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।

पहिलो चरण (४२ दिन)

  • हमासले ३३ बन्धक रिहा गर्नेछ  । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।
  • हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।
  • युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।
  • विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।

दोस्रो चरण (४२ दिन)

  • दिगो शान्तिको घोषणा गरिनेछ ।
  • हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।

तेस्रो चरण

  • हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।
  • गाजा पुननिर्माण योजना कार्यान्वयन गरिनेछ ।
  • गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुला गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका