जोडिनुहोस
  • होमपेज
  • सिरक डसना बनाएर दैनिक १६ सयसम्म आम्दानी

सिरक डसना बनाएर दैनिक १६ सयसम्म आम्दानी

बेलबारी। जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडेका छन् । वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक एक हजार छ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए । असी वर्षीय उनले भने, ‘नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ ।’

सुरुआती समयमा एउटा सिरक बनाएको पाँच रुपैयाँ थियो । अहिले बढेर आठ सय रुपैयाँ पुगेको लतिफले जानकारी दिए । उनले भने, ‘दैनिक कम्तीमा दुई वटा सिरक बनाउन भ्याउँछु । घरेलु सामग्री (धुनिया) बाट रुवा फिटेर सिरक डसना बनाउने पर्ने भएकाले समय पनि बढी लाग्छ ।’

घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुतीका कपडाको रुवा बनाउने उपकरण र ट्याक्टरसँगै लिएर हिँड्न थालेकाले पुराना कपडा खेर नजाने बेलबारी–११ की सीता खतिवडाले बताइन् । ‘आजभोलि पुराना सुतीका कपडा खेर जाँदैनन्, घरघरमा सिरक डसना बनाउने व्यक्ति आएर सबै पेलेर रुवा बनाइदिन्छन्’, उनले भने ।

तीनदेखि पाँच जनाको समूहमा उनीहरूले काम गर्छन् । ट्र्याक्टरमा सुतीका पुराना कपडा फिटेर रुवा बनाउने उपकरण लिएर हिँड्ने उनीहरूको समूहले दैनिक १० हजार रुपैयाँ भन्दा बढी कमाइ गर्दै आइरहेको लतिफले जानकारी दिए । पछिल्लो समय तयारी अवस्थाका फाइबरका सिरक, डसनालगायत सामग्रीको प्रयोग बढिरहेकाले व्यापार सोचे जस्तो नभएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका