जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि सोमबार मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गर्दै उक्त सिफारिस राष्ट्रपतिलाई पठाएको थियो । नेपालको संविधानअनुसार संसद्को अधिवेशन अन्त्य र आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई छ, तर यो कार्य सरकारको सिफारिसमा मात्र सम्भव हुन्छ ।

10 8 %E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A4%BE %E0%A4%86%E0%A4%B5%E0%A5%8D%E0%A4%B9%E0%A4%BE%E0%A4%A8 Scan 20250121संसद्को वर्षे अधिवेशन गत भदौ ३१ गते नै समाप्त भएको थियो । त्यसपछि लामो समय संसद् नबसेको कारणले सरकारले आलोचना खेप्दै आएको थियो । यो अवधिमा सरकारले केही अध्यादेश पनि ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका