जोडिनुहोस
  • होमपेज
  • ११.१० अङ्कले घट्यो नेप्से, ७ अर्ब ८५ करोडको कारोबार

११.१० अङ्कले घट्यो नेप्से, ७ अर्ब ८५ करोडको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बिहीबार) ११.१० अङ्कले घटेर दुई हजार छ सय ५४ दशमलव ३५ मा कायम भएको छ ।

आज तीन सय १८ कम्पनीको एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर ८४ हजार सात पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ को कारोबार भएको हो ।

आज ८६ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ४९ को घटेको छभने आठ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै सुपर मादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंकको रु ३० करोड ८९ लाख २९ हजार ६५ बराबरको शेयर किनबेच भएको छ।

भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको पाँच लाख सात हजार तीन सय ११ कित्ता शेयर खरिदबिक्री भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका