जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियामा १७६ जना सवार विमानमा आगलागी

अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा १७६ जना सवार विमानमा आगलागी

  • Sanchar NP
  • बुधबार, बैशाख २३, २०८३
दक्षिण कोरियामा १७६ जना सवार विमानमा आगलागी

काठमाडौं। दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति चालक दलका सदस्य सहित १७६ यात्रु बोकेको विमानमा आगलागी भएको छ । विमानमा आगलागी भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

आगलागी हुनासाथ सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको त्यहाँका अधिकारीले जनाएका छन् । दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार एअर बुसानको विमान दक्षिणपूर्वी शहर बुसानबाट हङकङका लागि उडान भर्ने तयारीमा थियो । उडान भर्नुभन्दा ठीकअघि, विमानको पछिल्लो भागमा आगो लागेको रिपोर्ट आएको र तत्कालै उद्धार कार्यलाई निरन्तरता दिइएको मन्त्रालयलको भनाइ छ ।

विमानमा आगलागीको कारण अझै स्पष्ट भएको छैन । एअरलाइन्स र स्थानीय अधिकारीले घटनाको अनुसन्धान गरिरहेका छन् । आगलागीको खबर पाएपछि सबै १६९ यात्रु र सात चालक दलका सदस्यलाई स्लाइडको मद्दतले बाहिर निकालिएको थियो भने सो क्रममा तीन यात्रु घाइते भएको बताइएको छ ।

गत वर्ष डिसेम्बर महिनामा पनि दक्षिण कोरियामा ठूलो दुर्घटना भएको थियो । जेजु एअरको बोइङ ७३७–८०० विमानको ल्यान्डिङ गियरले काम नगरेपछि मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिँदा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका