जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित, मुद्दा न्यायाधीश ढकालको इजलासमा

रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित, मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन। पूर्व गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने अहिले बयानका लागि चितवन जिल्ला अदालत उपस्थित भएका छन् ।

गए राति काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन पुग्का लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम ठगीको अभियोग लागेका लामिछानेसँग आज जिल्ला अदालत चितवनले बयान लिनेछ । बयानपछि दुई पक्षको बहस हुनेछ र थुनछेक आदेश आउने छ ।

जिल्ला सरकारी वकिल कार्यालयले हिजो साहारा सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने सहित १५ जना विरुद्ध पूरक मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका