जोडिनुहोस
  • होमपेज
  • जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

जस्तापाताले घर छाउन विपन्न परिवारलाई रकम वितरण

कञ्चनपुर। अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

‘शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एक सय ३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रकम उपलब्ध गराउन थालेका छौँ’, उनले भने, ‘यसअघि पहिलो किस्ताबापत ती परिवारलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।’

जसअनुसार वडा नम्बर १ का १९, वडा २ का १०, वडा ३ का पाँच, वडा ४ का ११, वडा ५ का नौ, वडा ७ का २१, वडा ८ का ११, वडा ९ का १९, वडा १० का आठ, वडा ११ का तीन र वडा १२ का ६ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुई सय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोश्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका