जोडिनुहोस
  • होमपेज
  • स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

स्टिल र अल्मुनियम आयातमा २५ प्रतिशत कर लाउने ट्रम्पको निर्णय

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रने सबै स्टिल तथा अल्मुनियममा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्।

यो निर्णयले क्यानडामा धेरै असर गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले यसै साताको अन्त्यसम्ममा धेरै पारस्परिक करको निर्णय गर्ने बताउँदै आएका छन्। ट्रम्पले कर सम्बन्धी निर्णय कसलाई लक्षित गरेर गरेका हुन् भन्ने कुरा खुल्न सकेको छैन।

अमेरकाका लागि क्यानडा र मेक्सिको सबै भन्दा ठुला स्टिल व्यापारका साझेदार हुन्। यसैगरी, क्यानडाले अमेरिकामा सबैभन्दा धेरै अल्मुनियम पठाउने योजना बनाएको छ।

पहिलो कार्यकालमा ट्रम्पले क्यानडा, मेक्सिको तथा युरोपेली युनियनबाट आउने स्टिललाई २५ प्रतिशत तथा अल्मुनियमलाई १० प्रतिशत कर लगाएको थियो।

एक वर्षपछि सहमतिमा पुग्दै क्यानडा र मेक्सिकोबाट आउने सामानमा कर हटाइएको थियो। युरोपेली युनियनबाट आउने सामानमा भने सन् २०२१ सम्म कर यथावतै थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका