जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बस दुर्घटना, १२ जनाको मृत्यु, १५ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बस दुर्घटना, १२ जनाको मृत्यु, १५ घाइते

काठमाडौं। पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो ।

पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू जिल्लाका स्रोतहरूले बताए । महिला र बालबालिका लगायत घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतहरूले बताएका छन् ।

खराब मर्मतसम्भार गरिएका सडकहरू, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाह ड्राइभिङका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटनाहरू हुने गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका