जोडिनुहोस
  • होमपेज
  • क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, १९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, १९ जना घाइते, तीन जनाको अवस्था गम्भीर

काठमाडौं। क्यानाडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक विमान पल्टिँदा एक बालकसहित १९ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको एपीले जनाएको छ ।

मिनेसोटाबाट टोरन्टोका लागि आएको डेल्टा उडानमा सवार सबै ८० जनालाई अमेरिकी संघीय उड्डयन प्रशासनले सकुशल निकालेको छ । ७६ जना यात्रु र चार चालक दलका सदस्य रहेको सो विमान स्थानीय समय अनुसार दिउँसो सभा २ बजे दूर्घटना भएको हो ।

क्यानाडाको विमानस्थलहरुको तुलनामा धेरै यात्रुहरू ह्यान्डल गर्ने सो विमानस्थल सो घटना पछि करिब साढे दुई घण्टाको लागि बन्द भएको थियो ।

दुर्घटना के कारणले भयो भन्ने स्पष्ट नभएपनि मौसमकै कारण हुन सक्ने अनुमान गरिएको छ । क्यानाडामा ६५ किलोमिटरको गतिमा हिउँ र हावा चलिरहेको र तापमान माइनस ८ दशमलव डिग्री सेल्सियस रहेको क्यानाडाको मौसम विज्ञान सेवाले जनाएको छ ।

क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले घटनालाई गम्भीर रुपमा नजिकबाट नियालिरहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका