जोडिनुहोस
  • होमपेज
  • सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना

सभामुखले अनुमति दिँदा पनि बोलिनन् सुमना

काठमाडौं। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाई बोलाए पनि उनी भने संसद्मा अभिव्यक्ति दिन उपस्थित भइनन् ।

सोमवार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिँडेकी सांसद श्रेष्ठलाई आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए तर सांसद श्रेष्ठबाट भने कुनै प्रतिक्रिया दिइनन् ।

सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन–तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभएपछि सभामुख घिमिरेले अन्य सांसदलाई पालो दिएका थिए ।

प्रतिनिधिसभाको जारी बैठकमा शून्य समयमा नेकपा एमालेका सांसद सुनिता बरालपछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाई बोलाएका थिए तर कुनै पनि प्रतिक्रिया नपाएपछि उनले सुशीला ठकुरीलाई पालो दिनु परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका