जोडिनुहोस
  • होमपेज
  • कतारका राजा भारतमा, मोदीले गरे स्वागत

अन्तर्राष्ट्रिय

कतारका राजा भारतमा, मोदीले गरे स्वागत

  • Sanchar NP
  • शनिबार, बैशाख ५, २०८३
कतारका राजा भारतमा, मोदीले गरे स्वागत

नयाँदिल्ली। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी सोमबार राति भारत आइपुगेका छन् । नयाँ दिल्ली विमानस्थलमा उनको स्वागतका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् पुगेका छन् ।

साउदी अरेबियामा अमेरिका र रसियाबीच वार्ता अघि बढिरहँदा छिमेकी कतारका राजा भने भारत यात्रामा निस्किएका हुन् । कतारले मध्यपूर्वमा जारी तनाव साम्य पार्न हमास र इजरायलबीच युद्धविरामका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो

तर, रसिया–युक्रेन युद्धलाई निकास दिन दुई महाशक्तिहरू छिमेकी साउदी अरेबियामा भेट हुँदै गर्दा कतारका राजाले भरतको भ्रमण गरेका हुन्।

कतारका राजालाई विमानस्थलमा स्वागत गरेपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा पनि प्रशंसासहित यात्रा फलदायी हुने बताएका छन् ।

‘मेरा भाइ कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागका लागि एयरपोर्ट गएको थिएँ । आशा छ, उनको भारत यात्रा सफल हुनेछ । मंगलबार हुने भेटवार्तालाई लिएर म उत्साहित छु ।’

उता भारतका विदेश मन्त्री एस. जयशंकरले पनि एक्समा लेख्दै कतारका राजाको स्वागत गरेका छन् । ‘कतारका अमिर शेख तमिम बिन हमाद अल थानी भारत यात्रामा आउनु भएको छ । मलाई भरोसा छ, प्रधानमन्त्री मोदीसँग हुन लागेको भेटवार्ताबाट दुवै देशबीचको मित्रतालाई अझ बलियो बनाउने छ ।’

भारतीय विदेश मन्त्रालयका अनुसार कतारका अमीर शेख तमिम बिन हमाद अल थानी मंगलबार अपरान्ह स्वदेश फर्किनेछन् ।

कतार र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना ७० को दशकमा भएको थियो । कतारले भारतमा आफ्नो दूतावासका लागि जनवरी १९७४ मा पहिलो चार्ज द अफेयर्सको नियुक्ति गरेको थियो । त्यसपछि मे १९७४ मा कतारले आफ्नो पहिलो राजदूत भारतका लागि नियुक्त गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका