
हुन त नेपालको शेयर बजार हावाको भरमा चल्ने गरेको पाईन्छ, आज मात्रै होईन विगत देखि नै यस्तै छ शेयर बजार बढ्ने तथा घट्ने प्रकृया, कुनै राम्रो समाचार बाहिरिए बजार बढ्ने अनि कुनै नराम्रो समाचार आए घटिहाल्ने तर आज बजार घट्नुमा नयाँ अर्थमन्त्री रामेश्वर खनाललाई असफल बनाउनका लागि हो भन्ने स्वतः बुझिन्छ । देशमा जे नहुनु थियो भैसक्यो, अहिले त अवस्था नराम्रो होईन राम्रो हुँदै गईरहेको छ, अव देशले नयाँ सक्षम अर्थमन्त्री पाईरहेको छ, यस्तो अवस्थामा शेयर बजार उकालो लाग्नुको सट्टा झन ओरालो सर्किट लाग्नुमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ अर्थमन्त्रीलाई सहयोग नगरेको भन्ने प्रष्ट बुझिन आएकोछ यदि यस्तो हो भने यीनी पुराना सरकारका पालाका अध्यक्षलाई पनि तुरुन्तै राजिनामा दिन लगाउनु पर्छ !
See less







































