जोडिनुहोस
  • होमपेज
  • आप्रवासी शिशुलाई जन्मसिद्ध दिइँदै आएको नागरिकता प्रणाली बन्द गर्ने ट्रम्पको घोषणा

आप्रवासी शिशुलाई जन्मसिद्ध दिइँदै आएको नागरिकता प्रणाली बन्द गर्ने ट्रम्पको घोषणा

काठमाडौं। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेका सबै आप्रवासीलाई देश निकाला गर्ने लक्ष्य राखेको बताएका छन् ।

एनबीसी न्यूजमा दिएको अन्तर्वार्ताका क्रममा ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने स्पष्ट पारेका हुन् । तर, गैरकानुनी रुपमा अमेरिका ल्याइएका बालबालिका अर्थात् ‘ड्रिमर आप्रवासी’का लागि एउटा सम्झौता गर्न चोहेको ट्रम्पको भनाइ छ । ट्रम्पले कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई समेत समाप्त गर्ने योजना रहेको जनाए ।

अहिले अमेरिकामा जन्मेका जो कोहीलाई उनीहरुको आमाबाबुको अध्यागमन स्थितिको पर्वाह नगरी नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था छ । यस विषयमा रिपब्लिकनहरु पनि खुला रहेको ट्रम्पको जिकिर छ । ट्रम्पले यसअघि पनि ह्वाइट हाउस फर्केलगत्तै अवैध आप्रवासी निकाल्न आफूले राष्ट्रिय आपतकाल घोषणा गर्ने बताएका थिए ।

अमेरिकी सरकारी निकायका अनुसार जनवरी २०२२ सम्म करिब एक करोड १० लाख आप्रवासी गैरकानुनी रुपमा प्रवेश गरेको तथ्यांक छ । यद्यपि अहिले यो संख्या बढेको बताइएको छ । यसअघि पनि ट्रम्पले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो कार्यकालमा आप्रवासीलाई निर्वासन राहत र कार्यअनुमति प्रदान गर्ने कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए । तर, सर्वोच्च अदालतले उक्त प्रयासलाई खारेज गरिदिएको थियो ।

सर्वोच्चको समर्थन रहेका कारण जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास गर्ने ट्रम्पको योजनाले कानुनी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अमेरिकी आप्रवासी परिषद्ले एक दशकभन्दा बढी अवधिमा सबै आप्रवासीलाई देश निकाला गर्दा वार्षिक ८८ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरेको छ ।

यस्तै ट्रम्पले सन् २०२० को निर्वाचनपछि क्यापिटल हिल दंगामा दोषी ठहर भएका व्यक्तिहरुलाई आम माफि दिने योजना बनाएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका