जोडिनुहोस
  • होमपेज
  • जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित

जापानको प्रधानमन्त्रीमा शिगेरु इशिबा निर्वाचित

एजेन्सी। जापानको नयाँ प्रधानमन्त्रीमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका नेता शिगेरू इसिबा निर्वाचित भएका छन्। उनी संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै मङ्गलवार औपचारिक रुपमा जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

नव–निर्वाचित प्रधानमन्त्री इसिबाले देशमा बढ्दै गएको आर्थिक मन्दीको सम्बोधनका लागि अक्टोबर–२७ का लागि आकस्मिक निर्वाचन बोलाउने बताएका छन्। एलडिपीको बहुमत रहेको जापानी संसदले मङ्गलवार इसिबाको नियुक्तिलाई अनुमोदन गरेको छ भने बुधवार नयाँ मन्त्रीपरिषद् घोषणा गर्ने अपेक्षा गरिएको छ।

पूर्व मुख्य क्याबिनेट सचिव कत्सुनोबु काटोलाई अर्थमन्त्री बन्ने सुझाव दिइएको तथा जनरल नाकातानीले रक्षा र ताकेसी इवायाको विदेश मामिला लिने स्थानीय सञ्चारमाध्यमले जनाएको छ। सत्तारूढ गठबन्धनले नयाँ जनादेश प्राप्त गरे पछि इसिबाले मतदाताले महसुस गरेको आर्थिक स्थिरता र क्षेत्रीय सुरक्षा चिन्तासहित जापानका व्यापक चुनौतिहरूलाई सम्बोधन गर्दै पार्टीको आन्तरिक गतिशीलतालाई पुनः आकार दिने र जनताको विश्वास पुनःस्थापित गर्ने अवसर पाएको बताएका छन्। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका