जोडिनुहोस
  • होमपेज
  • यू–१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल

यू–१९ एसिया कपमा आज बंगलादेशसँग खेल्दै नेपाल

काठमाडौं। एसीसी यू–१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०ः४५ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।

शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो। सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ। समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ। कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्। समूह ए मा यूएई, जापान, भारत र पाकिस्तान छन्।

शनिबार भएको समूह बी को खेलमा भारतविरूद्ध पाकिस्तान र जापानविरूद्ध यूएई विजयी भएको थियो। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका