जोडिनुहोस
  • होमपेज
  • मनसुन क्रमशः क्षीण हुँदै, अब ठूलो र लगातार वर्षा नहुने

मनसुन क्रमशः क्षीण हुँदै, अब ठूलो र लगातार वर्षा नहुने

काठमाडौं। नेपालबाट मनसुन बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी प्रदेशका केही ठाउँबाट मनसुन बाहिरिसकेको महाशाखाले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले अब नेपालका अरू ठाउँबाट पनि मनसुन बिस्तारै बाहिरिने महाशाखाको भनाइ छ ।

मनसुनी वायु कमजोर बनेसँगै ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका