जोडिनुहोस
  • होमपेज
  • बुधबार शेयर बजार १४.४३ अंकले घट्यो

बुधबार शेयर बजार १४.४३ अंकले घट्यो

काठमाडौं। यो साताका लागि अन्तिम कारोबार दिन बुधबार शेयर बजार १४.४३ अंक घटेको छ। सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ।

कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन। कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम् अंक रह्यो। दोस्रोपटक ११ः४२ बजे फेरि २७०१ अंक पुगेको बजार त्यसपछि बिक्री चाप आउँदा ओरालो लाग्यो।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब १२ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ९५ करोडको भयो। ७५ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने ५ को स्थिर रह्यो।

होटल तथा पर्यटन समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। सो समूहको सूचक २.५२ प्रतिशत बढ्यो। त्यसबाहेक निर्जीवन बीमा ०.४९ र व्यापार समूह ०.३२ प्रतिशत बढे ।

लगानी समूह सबैभन्दा धेरै १.४१ प्रतिशत घट्यो । बैंकिङ ०.७२, विकास बैंक ०.४३, फाइनान्स १.०२, हाइड्रोपावर ०.३३, जीवन बीमा ०.९८, उत्पादन ०.९६, माइक्रोफाइनान्स ०.१४ र अन्य समूह ०.७४ प्रतिशत घटे ।

गुराँस लघुवित्त, मिडसोलु हाइड्रोपावर, अपरस्याङ्गे हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सानिमा जीआईसी इन्स्योरेन्सको मूल्य ९.९, एक्सल डेभलपमेन्ट बैंकको ९.९ प्रतिशत मूल्य बढ्यो । राम्रो लाभांश घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको मूल्य ५.६५ प्रतिशत बढ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका