जोडिनुहोस
  • होमपेज
  • विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज स्वदेश फर्किँदै

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं। १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछ ।

विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको छ ।

१९ वर्षमुनिको महिला विश्वकप आउँदो जनवरी १८ देखि मलेसियामा हुँदैछ । नेपाल समूह ’डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्डसँगै परेको छ । पहिलो खेल नेपालले जनवरी १८ मा बङ्गलादेशसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका