जोडिनुहोस
  • होमपेज
  • आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक

स्वास्थ्य/जीवनशैली

आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, कार्तिक ४, २०८३
आर्या फार्माल्याबको एन्टिबायोटिक बिक्रीमा रोक

काठमाडौं। औषधि व्यवस्था विभागले बाराको आर्या फार्माल्याब बाट उत्पादित एक एन्टिबायोटिक औषधि बिक्रीमा रोक लगाएको छ।

उक्त कम्पनीको एफ्र्लोक्स सस्पेन्सन नामक अफ्लोक्सासिन नामक झोल औषधिको ब्याच नम्बर एएफएल ९०००१ बिक्रीमा रोक लगाएको हो।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ। अफ्लोक्सासिन ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि हो।

उक्त ब्याचका औषधि बिक्री नगर्न र बजारबाट फिर्ता ल्याउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ। खराबी देखिएको ब्याचको औषधि सिफारिस र प्रयोग समेत नगर्न विभागले आग्रह गरेको छ।

कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी त्यसको विवरण विभागमा बुझाउन भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका