जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रले पनि बोलायो पदाधिकारी बैठक

माओवादी केन्द्रले पनि बोलायो पदाधिकारी बैठक

काठमाडौं। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

सचिव दिननाथ शर्माकाअनुसार बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताइएको छ । उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा पनि छलफल हुने उनको भनाई छ ।

आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका