जोडिनुहोस
  • होमपेज
  • १३.९५ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

१३.९५ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ।

बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

यो साता समग्रमा शेयर बजार १० प्रतिशतले बढेको छ। आइतबार परिसूचक २७३८ बिन्दुमा थियो। सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो। मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो। बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो। बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ।

बिहीबार १५९ कम्पनीको शेयर मूल्य बढेको छ। ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो। बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो। बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको शेयर खरिदबिक्री भयो।

बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ। अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका