जोडिनुहोस
  • होमपेज
  • दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा

दिल्लीमा वायु प्रदूषण बढेपछि प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा

काठमाडौं। भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ। मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको हो।

उनले सोसल मिडिया एक्समार्फत् अर्को सूचना जारी नभएसम्मका लागि अनलाइन कक्षा जारी रहने बताएकी छन्। दिल्लीमा वायु प्रदूषण बढेर अत्यन्त खराब स्तरमा पुगेको छ। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीका अधिकांश स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि पुगेको छ।

यदि एक्यूआई ४०१देखि ५००को बीचमा भएमा यो अवस्थालाई अत्यन्त गम्भीर श्रेणीमा पुगेको मानिन्छ। यस्तो अवस्थामा स्वस्थ अवस्थाका मानिसहरुलाई पनि श्वासप्रश्वास लगायतका समस्या देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका