जोडिनुहोस
  • होमपेज
  • दुई दिनमा साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?

दुई दिनमा साढे १८ हजार रुपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार र मंगलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रुपैयाँ पुगेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका