जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनको कडा आपत्ति

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनको कडा आपत्ति

काठमाडौं। अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

ताइवान आफ्नो भूमि भएको र यसको स्वतन्त्रता जस्तो आत्मघाती अभियानमा अमेरिकाले साथ दिनु दुर्भाग्यको विषय भएको पनि चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ताइवानमा एफ–१६ लडाकु जेट र राडारका लागि पाटपुर्जा बेच्न स्वीकृति दिइएको जनाएको छ । यसको मूल्य ३ सय ८५ मिलियन डलर रहेको छ ।

ताइवानका राष्ट्रपति कुटनीतिक सहयोगीहरूको भ्रमणमा जानुअघि अमेरिकाले यस्तो निर्णय गरेको हो । चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई हतियार बिक्री गरेर युद्धलाई निम्ता दिइरहेको भन्दै यसले अमेरिका–चीन सम्बन्धलाई कमजोर बनाउने बताएको छ । आफ्नो भूमि ताइवानमा अमेरिकाले गर्ने कुनै पनि आधिकारिक आदानप्रदान गर्न नपाउने चीनले सचेत गराएको छ ।

ताइवानलाई सहयोग गर्ने देश र समूहलाई चीनले पृथकतावादीको संज्ञा दिँदै आएको छ । अमेरिका र ताइवानबीच औपचारिक कुटनीतिक स्थापना भएको छैन तर अमेरिकाले ताइवानलाई निरन्तर सैन्य–आर्थिक सहयोग गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका