जोडिनुहोस
  • होमपेज
  • अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ।

अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो। फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो। यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ। यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ।

भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो। तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ।

स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन। हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका