जोडिनुहोस
  • होमपेज
  • एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने प्रधानमन्त्रीको घोषणा

एक महिनाको तलब झापाको मानवसेवा आश्रमलाई दिने प्रधानमन्त्रीको घोषणा

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले संयुक्त रूपमा सो उद्घाटन र शिलान्यास गरेका हुन् ।

कार्यक्रममा आश्रमका लागि २ बिगाहा ५ कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो १ महिनाको तलब र प्रथम महिला शाक्यले २ महिनाको पेन्सन रकम दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका