जोडिनुहोस
  • होमपेज
  • ३३.४२ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

३३.४२ अङ्कले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौं। हिजो ४५ अङ्कले बढेको शेयर बजार आज ३३ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६ सय ८२ दशमलव २९ विन्दुमा झरेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे आठ प्रतिशतले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्बको कारोबार भएकोमा आज तीन सय चार वटा कम्पनीका एक करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको २६ करोड रुपैयाँको शेयर खरिद÷बिक्री भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका