जोडिनुहोस
  • होमपेज
  • हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन

हवाई सुरक्षा जाँच गर्न दक्षिण कोरियाको निर्देशन

काठमाडौं। दक्षिण कोरियाले विमान दुर्घटनापछि हवाई सुरक्षा जाँच गर्न आदेश दिएको छ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले आफ्नो भूमिमा सबैभन्दा घातक विमान दुर्घटनामा एक सय ७९ जनाको ज्यान गएको एक दिनपछि देशको सम्पूर्ण वायु सेवा सञ्चालनको आपत्कालीन सुरक्षा निरीक्षणको आदेश दिएका हुन्।

जेजु एअरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घटना भएको थियो । कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले घटनाका अनुसन्धानकर्ताहरूलाई शोक सन्तप्त परिवारहरूलाई सान्त्वनाका लागि भए पनि दुर्घटनाको अनुसन्धान छिटो सक्न आग्रह गरेका हुन्।

जिम्पो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जेजु एअरको अर्को उडान पनि आज अवतरणका क्रममा केही प्राविधिक समस्या आएको भन्दै सियोल फर्किएपछि दक्षिण कोरियामा हवाई सुरक्षामा स्पष्ट चुनौती देखिएको बीबीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका